नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
कास्की


निजामती सेवा दिवस,२०७३ मनाउने सम्बन्धमा भएकोनिर्णय

मिति २०७३/५/२२ गते निजामती सेवा दिवसलाई भव्य एव‌ं उल्लासका साथ मनाउने सम्वन्धमा भएको निर्णय :

१‍. नेपाल सरकारकाे निर्णयानुसार क्षेत्रीय प्रशासन कार्यालय पाेखरामा क्षेत्रीय प्रशासक पदमा पदस्थापन भै अाउनु भएका क्षेत्रीय प्रशासक श्री गाेपीनाथ मैनालीलाई वैठकमा हार्दिक स्वागत गरियाे र उहाँकाे सफल कार्यकालकाे शुभकामना व्यक्त गरियाे ।

२‍. श्रीमान क्षेत्रीय प्रशासक गाेपीनाथ मैलानीज्यूको स‌ंयाेजकत्वमा कास्की जिल्ला स्थित सम्पूर्ण क्षेत्रीय/अञ्चल/डिभिजन तथा जिल्ला स्तरीय कार्यालय प्रमुख, अाधाकारिक ट्रेड युनियन तथा राष्ट्रिय मान्यता प्राप्त ट्रेड युनियनहरुका अध्यक्ष, पूर्व कर्मचारी सेवा परिषद्का अध्यक्ष समेत रहेकाे निजामती सेवा दिवस २०७३ मूल अायाेजक समिति गठन गरियाे ।

३. जिल्ला स्वास्थ्य कार्यालयकाे सहयाेगमा मिति २०७३/५/२२ गतेका दिन नेपाल निजामती कर्मचारी स‌ंघ यूनियनकाे पहलमा रक्तदान कार्यक्रमकाे अायाेजना गर्ने ।

४. मिति २०७३/५/१७ गते लेखनाथ नगरपालिका स्थित वृद्धाश्रममा लेखनाथ नगरपालिकाबाट वृद्धाश्रममा रहेका वृद्ध वृद्धाहरुलाई फलफूल वितरण कार्यक्रम गर्ने ।

५. जिल्ला वन कार्यालय कास्कीको संयोजनमा मिति २०७३/५/२१ गते जिल्लाका कार्यालयहरुमा र जिल्ला वन कार्यालयले उपयुक्त ठानेका अन्य स्थानमा वृक्षाराेपण कार्यक्रम गर्ने

६‍ मिति २०७३/५/२१ गतेका दिन सबै कार्यालयका कर्मचारीहरुले आ-आफ्नाे कार्यालय र कार्यालय परिसरमा सरसफाई कार्यक्रम गर्ने ।

७‍. मिति २०७३/५/२२ मा रेडियाे नेपाल क्षेत्रीय प्रशारण केन्द्र तथा अाधिकारिक ट्रेड यूनियनकाे संयाेजकत्वमा निजामती सेवा दिवस र सेवा प्रवाह विकास निर्माण सम्वन्धी अन्तर सम्वाद कार्यक्रम संचालन गर्ने ।

८. मिति २०७३/५/२२ गते विहान ७ वजे चिप्लेढु‌ंगामा सवै निजामती कर्मचारीहरु अनिवार्य रुपमा प्लेकार्ड सहित उपस्थित भई महेन्द्रपुल, नयाँ बजार, पृथ्वीचाेक, सभागृह चाेक हुँदै सभागृहसम्म प्रभातफेरी कार्यक्रममा सरिक हुने र प्रभातफेरी लगत्तै सभागृहमा हुने मूल समाराेहमा परिणत भइ मूल समाराेह विविध कार्यक्रम सहित मनाउने । सो मूल समाराेह संयाेजन जिल्ला विकास समितिको कार्यालय, पोखरा उपमहानगरपालिका कार्यालय र लेखनाथ नगरपालिकाले गर्ने ।

९‍ प्लेकार्ड, ब्यानर, ब्याच बनाउने र अन्य अावश्यक सहयाेग सवै निजामती ट्रेड यूनियन र पूर्व कर्मचारी सेवा परिषद् गर्ने ।

१०‍. पाेखरा १७ सितापाइला स्थित वृद्धाश्रममा जिल्ला विकास समितिको कार्यालय कास्कीले २०७३/५/२२ गते त्यहाँ रहेका वृद्ध वृद्धाहरुलाई फलफूल वितरण गर्ने ।

११‍. मिति २०७३/५/१८ गते शनिवार विहान ६:४५ बजे पाेखरा स्थित डिअाईजी कार्यालय भन्दा माथिकाे चाेकबाट फिर्के-बुलाैदी सरसफाई अभियानमा नेपाल निजामती कर्मचारीकाे व्यानरमा सबै निजामती कर्मचारीहरु उपस्थित भै फिर्के बुलाैंदी सरसफाईमा सरिक हुने र यसकाे संयाेजन आधिकारिक ट्रेड यूनियन कास्कीले गर्ने ।

१२. मिति २०७३/५/२२ गते हुने मूल समाराेहमा पूर्व कर्मचारी सेवा परिषदबाट सेवा निबृत्त जेष्ठ एकजना महिला र एकजना पुरुष पूर्व कर्मचारीलाई सम्मान गर्ने र परिषद्बाट वार्षिक रुपमा प्रकाशित हुने "गाेधुलीको सन्देश, २०७३" को विमाेचन गर्ने ।

 

Additional Documents

Title Size Download
8942_d41d8cd98f00b204e9800998ecf8427e_1472800843_N.jpg 899 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय