नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
कास्की


विश्व उपभाेक्ता अधिकार दिवश-२०७३ काे सम्वन्धमा

मिति २०७३/१२/२ गते "उपभाेक्ता हित संरक्षणमा लगाअाै ध्यान, सुरक्षित राखाै सम्पत्ति, जिउज्यान" भन्ने मूल नारासहित उपभाेक्ता अधिकार दिवस-२०७३ मनाउने सन्दर्भमा प्रमुख जिल्ला अधिकारी श्री हरिप्रसाद मैनालीज्यूको अध्यक्षतामा बसेकाे वैठकबाट भएको निर्णयानुसार उपभाेक्ता अधिकारका विषयमा तयार गरिएका श्रव्यदृश्य, लेख-रचना तथा स्वीकृत नाराहरु स्थानीय संचार माध्यम तथा पत्रपत्रिकाहरुमा प्रचार प्रसार गर्नुकाे साथै उक्त दिन विहान ७:३० बजे मानव अधिकारचाेक महेन्द्रपुलबाट प्रभातफेरी सुरु भई पाेखरा सभागृहमा पुगी कार्यक्रम सहित समापन हुने  कार्यक्रम रहेकाे । 

कन्जुमर इन्टरनेशनले सन् २०१७ को लागि ताेकेको नारा 

Building a digital world consumers can trust

स्वीकृत थप नाराहरु 

  • गुणस्तरहीन वस्तु चाहिन्न, उपभाेक्ताको स्वास्थ्य विगार्न पाइन्न । 
  • नापताैलका प्रमाणित यन्त्र उपकरण मात्रै प्रयोग गराै । 
  • कालोबजारी नगरौ, अनुचित नाफा लिन बन्द गरौ ।
  • फलफुल तरकारी ताजा राख्ने निँहुमा, विषादी छर्किदा जोखिम हुन्छ जिउमा । 
  • नाफा मात्रै हैन, सामाजिक जिम्मेवारी पनि वहन गरौ । 
  • उपभाेक्ता हित विपरितका कार्य भए गरेको देखिएमा उजुरी गर्ने बानी बसालौ । 
  • नियमसम्मत व्यवसाय गरौ, कानूनी कारवाहीबाट बचाै । 
  • प्रत्येक पसलले अद्यावधिक मूल्य सूचि राख्ने गरौ । 
  • खाद्य पदार्थमा मिसावट, सामाजिक अपराध । 
  • मालसमानकाे कृत्रिम अभाव सिर्जना गर्नु अपराध हो । 
  • प्रतिस्पर्धालाई प्रवर्द्धन गरौ मिलेमितो र कार्टेलिङ बन्द गरौ । 
  • गुणस्तरीय सामान खरिद विक्री गरौ बिलबिजक लिन दिन नभुलौ । 
  • आफू पनि उपभोक्ता हुँ भन्ने तथ्य प्रत्येक उत्पादक र विक्रेताले मनन गरौ । 
  • लेबलमा उपभाेग्य मिति उल्लेख गरौ उपभाेक्ता नठगौ । 
  • उपभोग्य मिति हेरेर मात्र सामान किनौ म्याद गुज्रेका सामान विक्री वितरण नगरौ । 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय