नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
कास्की


पोखरामा विश्व उपभोक्ता अधिकार दिवश–२०७३ सम्पन्न

पोखरामा विश्व उपभोक्ता अधिकार दिवश २०७३ भव्य रुपमा मनाइएको छ । “उपभोक्ता हित संरक्षणमा लगाऔं ध्यान, सुरक्षित राखौं सम्पत्ति, जिउज्यान” भन्ने मूल नाराका साथ सम्पन्न विश्व उपभोक्ता अधिकार दिवश २०१७ को सन्दर्भमा मानवअधिकारचोक महेन्द्रपुलबाट सभागृहचोकसम्म प्रभातफेरी कार्यक्रम गरिएको थियो । कार्यक्रममा कर्मचारी, व्यापारी, विद्यार्र्थी, उपभोक्तावादी संघसंस्था लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । 
प्रभातफेरी पश्चात् भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी क्षेत्रीय प्रशासक याम कुमारी खतिवडाले उपभोक्ता अधिकारका बारेमा चर्चा गर्दै आफ्ना अधिकारका विषयमा उपभोक्ता आफैं चनाखो हुनुपर्नेमा जोड दिदै उपभोक्ताका अधिकारमा सम्पूर्ण सरोकारवालापक्षले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने वताउनुभयो । निमित्त प्रमुख जिल्ला अधिकारी झलकराम सुवेदीको अध्यक्षतमा भएको कार्यक्रममा उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला र पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्कीले पनि मन्तव्य राख्नुभएको थियो । 
मूल कार्यक्रम पूर्व २०७३।११।३० गते कार्यक्रमको बारेमा पत्रकार सम्मेलन, अन्नपूर्ण एफ.एम, बाराही एफएम, कान्तिपुर पत्रिका लगायतमा उपभोक्ता अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय