नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
कास्की


प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०७५ सम्पन्न

मिति २०७५ वैशाख ३० गते आइतवार पोखरामा प्रदेशस्तरीय एकदिने सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृह मन्त्रालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालय कास्कीको व्यवस्थापनमा ४ नं. प्रदेशको सदरमुकाम पोखरामा श्रीमान गृहसचिव प्रेम कुमार राईको अध्यक्षतामा संचालन भएको उक्त सुरक्षा गोष्ठीको प्रमुख अतिथिको रुपमा माननीय गृहमन्त्री राम बहादुर थापा "बादल" ज्यूको समुस्थिति रहेको थियो । ४ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हरि बहादुर चुमानज्यू विशेष अतिथिको रुपमा सहभागी रहेको उक्त कार्यक्रममा यस प्रदेशका प्रमुख सचिव श्रीमान लक्ष्मण अर्याल,  प्रहरी महानिरीक्षक श्री सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक श्री शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप राज रेग्मी, गृह मन्त्रालय शान्ति सुरक्षा शाखा प्रमुख सहसचिव श्री रामकृष्ण सुवेदी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव श्री फणिन्द्र मणि पोखरेल, लगायतका विशिष्ट व्यक्तित्वहरुको समुस्थिति रहेको उक्त गोष्ठीमा ४ नं. प्रदेश अन्तर्गतका ११ जिल्लाहरुको प्रमुख जिल्ला अधिकारीहरु सहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु एवम कास्कीका सहायक प्रमुख जिल्ला अधिकारीज्यूहरुको समेत सहभागी रहेको थियो । वर्तमान स्थितिमा विद्ममान सुरक्षा चुनौती र सोको आवश्यक रणनीतिको सन्दर्भमा ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरुले आ-आफ्नो प्रस्तुती राख्नु भएको उक्त गोष्ठीमा माननीय गृहमन्त्री माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री श्रीमान गृहसचिव, ४ नं. प्रदेश प्रमुख सचिव तीन वटै सुरक्षा निकायका प्रमुखहरुले उपस्थित जिल्ला सुरक्षा समितिको पदाधिकारीहरुलाई आ-आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने र सुशासन अभिवृद्धि गर्ने विषयमा निर्देशन दिनु भएको थियो ।  

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय