नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
कास्की


निषेधित क्षेत्र ताेकिएको

जिल्ला प्रशासन कार्यालय कास्कीको
निषेधित क्षेत्र तोकिएको सम्बन्धी सूचना


पोखरा लेखनाथ महानगरपालिका वडा न‌ं. ३ साविकको नगर विकास प्रशिक्षण केन्द्रको पूर्व नदिपुर चोक, उत्तर तर्फको पि.एन. क्याम्पसको तर्फको सिमलको रुख, दक्षिणमा अधिकारी टोल, पश्चिममा बागबजार तर्फको कम्पाउण्ड भन्दा १०० मिटर परसम्मको चार किल्ला क्षेत्र र एे.एे. वडा नं. ७ स्थित उत्तर फिर्के चौतारो, दक्षिण संघीय प्रहरी ईकाइ कार्यालय र सडक डिभिजनको चोक, पूर्वमा कोष तथा लेखा नियन्त्रकको कार्यालयको प्रबेशद्धार, पश्चिम प्रदेश प्रहरी कार्यालय क्षेत्र भित्र मिति २०७५/०२/२८ गते देखि मानिसहरु भेला हुन नपाउने, विरोध प्रदर्शन गर्न नपाउने, जुलुश र्याली गर्न नपाउने गरी स्थानीय प्रशासन एेन २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम यो आदेश जारी गरिएको छ । 


तारानाथ अधिकारी
प्रमुख जिल्ला अधिकारी

Additional Documents

Title Size Download
1528664166.jpg 89 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय