Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kaski

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kaski

Tuesday, Ashadh 02, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

जिल्लाको संक्षिप्त परिचय 2076-01-17

कास्की जिल्ला नेपालको संघीय संरचना अनुसार गण्डकी प्रदेश अन्तर्गत  अवस्थित पर्यटकीय जिल्ला हो । यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खला तथा माछापुच्छ्रे हिमालको काखमा रहेको छ । भौगोलिक, साँस्कृतिक एवं बातावरणीय विविधताको कारण यस जिल्ला अनुपम पर्यटकीय केन्द्रको रुपमा विश्वमा प्रसिद्ध छ । क्षेत्रफल र जनसंख्याको हिसावले ७७ जिल्लाहरुमध्ये क्रमश: सत्ताइसौं र उन्नाइसौं स्थानमा रहेको यस जिल्लाको सदरमुकाम पोखरा महानगर अन्तर्गतको पोखरा सहरले नेपालकै सुन्दर र सफा नगरको रुपमा पहिचान राखेको छ । आ.ब. २०६७/६८ मा यस जिल्ला देशको पहिलो खुला दिशामुक्त जिल्ला घोषित हुन सफल भएको थियो भने आ.ब. २०७२/७३ मा पूर्ण साक्षर जिल्ला घोषणा भएको थियो । नेपालको राजधानी काठमाडौंदेखि करिब २०० किलोमिटर पश्चिममा रहेको यो जिल्ला प्राकृतिक रूपले अत्यन्त मनोरम स्थान हो ।

जिल्लाको नामाकरण

कास्की जिल्लाको नामाकरणका सम्वन्धमा कश्यप ऋषिको तपोभूमी रहेको यस ठाउँलाई "काश्यपकुट्ट" शब्द दिइएको र तहाँ "कास्यप सिहंता" नामक अमुल्य आर्युवैदिक ग्रन्थ रचना गरेकामा त्यही शब्द खिईदै अपभ्रंस भई कास्यप वाट कास्की बनेको किंवदन्ति एकातर्फ छ भने अर्कोतर्फ प्राकृत खनिज स्रोतको भण्डारलाई "काष" र त्यसबाट "काषकी" हुदै कास्की रहन गएको किंवदन्ति छ। अर्को तर्फ सोह्रौं शताब्दिमा राजा कुलमण्डन शाहबाट शासित यो राज्य वि. सं. १८४२ जेष्ठमा राजा सिद्ध नारायण शाहको राज्यकालमा नेपाल एकीकरणमा गाभिएको पाइन्छ। जिल्लाको मध्यभागमा रहेको कास्कीडाँडा र कास्कीकोटबाट नै कास्की जिल्लाको नाम रहन गएको कुरा नेपाल एकीकरणको सन्दर्भमा निकै प्रचलित शब्द "त्रिशक्ति" मध्येको एउटा राज्य कास्की भएबाट यो भाग ऐतिहासिक भएको पुष्ट्याईं मिल्दछ। भाषाविदहरूका आधारमा गुरूङ्ग तमु भाषामा "कास" भन्नाले कछाड र "शिव" भन्नाले लगाउने अर्थात "कास शिव" कछाड लगाउनेहरू वस्ने ठाउँ शव्दवाट खिइँदै कास्कीको नामाकरण हुन गएको कुरा गुरूङ्ग भाषाविदहरूको भनाई रहेको पाइन्छ। तर ठोस आधार र तर्कहरूको आधारमा प्रमाणिकरण भने हुन सकेको छैन।

 

जिल्लाको भौगोलिक अवस्था

विश्व मानचित्रमा यस जिल्लाको अवस्थिति २८ °०६" उत्तरी अक्षांशदेखि २८ °३६" उत्तरी अक्षांशसम्म र ८३४०" पूर्व देशान्तरदेखि ८४१२" पूर्वी देशान्तरसम्म फैलिएको छ । यस जिल्लाको सिमानामा पूर्वमा तनहुँ र लमजुङ, पश्चिममा पर्वत र म्याग्दी, उत्तरमा मनाङ्ग र मुस्ताङ, दक्षिणमा स्याङ्जा जिल्ला पर्दछन् । यस जिल्लाको कुल क्षेत्रफल २,०१,७०० हेक्टर रहेको छ । यो जिल्लाको आकार वृत्ताकार छ भने फैलाबट करिब ७० किलोमिटरको हवाइ दूरीमा पूर्व–पश्चिम एवं उत्तर–दक्षिण फैलिएको छ। समुद्र सतहदेखि मादी नदीको किनारमा करिब ४५० मिटर, सेती नदीको कोत्रे स्थित गल्छी करिब ५५० मिटर र मोदी नदीको विरेठाँटी नजीक लगभग ९५० मिटर उचाइमा यस जिल्लाको होंचो भाग अवस्थित छ। उत्तरको अग्लो अन्नपूर्ण श्रृङ्खला संधै हिउँले ढाकी रहन्छ र ११ वटा विभिन्न हिमशिखरहरू ७,००० मिटरभन्दा बढी उचाइका छन। यीमध्ये अन्नपूर्ण प्रथम (८,०९१) मिटर यसै जिल्लाको उत्तर–पश्चिम सिमानामा पर्छ भने अति मनमोहक कुमारी चुचुरा भर्जिन पिक माछापुच्छ्रे हिमाल(६,९९३ मिटर) जिल्लाको उत्तरी मध्य–भागमा पर्दछ। उत्तर तर्फको मनमोहक हिमाच्छादित श्रृङ्खला, सेती नदीको गहिरो गल्छी, उपत्यका र ताल–तलैया यस जिल्लाका आभूषण हुन् ।

जिल्लाको जनसंख्या

२०६८ सालको राष्ट्रिय जनसंख्या अनुसार यस जिल्लामा जम्मा घरसंख्या १२५६९३ र कुल जनसंख्या ४९२०९८ छ जसमा पुरुष २३६३८५ र महिला २५५७१३ रहेको छ । यस जिल्लाको जनसंख्या वृद्धिदर २.५७ प्रतिशत रहेको छ भने जनघनत्व २४४ प्रति वर्ग कि.मि. रहेको छ । त्यसैगरी औषत परिवार संख्या ३.९२ रहेको छ जुन नेपालको सवैभन्दा कम हो । यस जिल्लामा गुरुङ, ब्राह्मण, क्षेत्री, मगर, नेवार, थकाली, विश्वकर्मा, परियार, मिजार आदि जातका मानिसहरु मुख्य रुपमा बसोबास गर्दछन् ।

जिल्लाको राजनैतिक बर्गीकरण

यस जिल्लामा देशकै ठूलो महानगरपालिकाको रुपमा परिचित पोखरा महानगरपालिका  र चारवटा गाउँपालिका ( माछापुच्छ्रे, अन्नपूर्ण, मादी र रुपा ) हरु रहेका छन् । 

तस्बिर:- कास्की जिल्लाको नक्सा


Last Updated : 2083-02-20 16:29:04

© All Rights Reserved to District Administration Office, Kaski .