Diaster Coordination and Planning
.
जिल्ला विपद् व्यवस्थापन समितिको संरचना
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १६ को व्यवस्था अनुसार जिल्लास्तरमा विपद् व्यवस्थापन सम्बन्धी कार्यको लागि जिल्ला विपद् व्यवस्थापन समिति रहेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु
(क) प्रमुख जिल्ला अधिकारी -अध्यक्ष
(ख) जिल्ला समन्वय समितिको प्रतिनिधि -सदस्य
(ग) जिल्ला भित्रका स्थानीय तहका अध्यक्ष तथा प्रमुख -सदस्य
(घ) स्वास्थ्य सम्बन्धी विषय हेर्ने जिल्लास्थित कार्यालयको प्रमुख -सदस्य
(ङ) जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु -सदस्य
(च) जिल्लास्थित पूर्वाधार तथा सामाजिक विकाससँग सम्बन्धित कार्यालयका प्रमुखहरू -सदस्य
(छ) राष्ट्रिय मान्यता प्राप्त दलका जिल्लास्थित प्रमुख वा प्रतिनिधि -सदस्य
(ज) नेपाल रेडक्रस सोसाइटीको जिल्लास्थित प्रमुख -सदस्य
(झ) गैरसरकारी महासङ्घको जिल्लास्थित प्रमुख -सदस्य
(ञ) नेपाल पत्रकार महासङ्घको जिल्लास्थित प्रमुख -सदस्य
(ट) उद्योग वाणिज्य महासङ्घको जिल्लास्थित प्रमुख -सदस्य
(ठ) प्रमुख जिल्ला अधिकारीले तोकेको अधिकृत -सदस्य सचिव
जिल्ला विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
ऐनको दफा १६ (२) तथा नियमावलीको नियम ७ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छ ।
(क) परिषद्, कार्यकारी समिति तथा प्रदेश समितिबाट स्वीकृत नीति, योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सहयोग गर्ने, गराउने,
(ख) जिल्लाको विपद् प्रतिकार्य योजना तयार गरी लागू गर्ने, गराउने,
(ग) जिल्लास्तरमा रहेका आपत्कालीन कार्यसञ्चालन केन्द्रको सञ्चालन गर्ने,
(घ) उपलब्ध स्रोतको उच्चतम प्रयोग तथा प्रवाह गरी विपद् प्रभावित क्षेत्रमा खोजी तथा उद्धार गर्ने,
(ङ) नेपाल सरकारबाट स्वीकृत मापदण्ड अनुसार राहत वितरण गर्ने, गराउने तथा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयलाई सोही अनुसार राहत वितरण गर्न लगाउने,
(च) विपद् प्रभावित क्षेत्रमा आवश्यकता अनुसार यातायात तथा मानिसको आवत जावतमा नियन्त्रण गर्ने,
(छ) विपद्का कारण सिर्जित फोहोर तथा अन्य अनावश्यक वस्तु हटाउने वा हटाउन लगाउने,
(ज) विपद्को समयमा मृत्यु भएका मानिसको शव तथा जनावरको व्यवस्थापन गर्ने, गराउने,
(झ) आपत्कालीन अवस्थामा विपद् प्रभावित व्यक्तिहरुको लागि आश्रय गृहको व्यवस्था गर्ने,
(ञ) विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी सुरक्षा निकायलाई दुरुस्त राख्न लगाउने,
(ट) विपद् प्रभावित क्षेत्रमा खानेपानी, खाद्यान्न, लत्ताकपडा तथा औषधि उपचार जस्ता अत्यावश्यक वस्तुको प्रबन्ध गर्ने,
(ठ) विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने अस्थायी भौतिक संरचनाहरूको निर्माण गर्न लगाउने,
(ड) विपद्को अवस्थामा स्थानीयस्तरमा उपलब्ध सरकारी, गैरसरकारी एवं निजी यातायातका साधन, यन्त्र, सरसामान, खाद्य सामान आदि कानून बमोजिम नियन्त्रणमा लिई प्रयोग गर्ने वा गर्न लगाउने,
(ढ) विपद्को जोखिममा रहेका वा विपद् प्रभावित क्षेत्रमा रहेका असुरक्षित भवनहरू भत्काउन लगाउने,
(ण) असुरक्षित भवन तथा स्थानमा रहेका विपद् प्रभावित व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने,
(त) विपद् प्रभावित क्षेत्रमा स्वयंसेवक, विशेषज्ञ तथा परामर्शदातालाई परिचालन गर्ने र सोको सुपरिवेक्षण गर्ने,
(थ) राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट गरिने उद्धार तथा राहत एवं सहयोग आदि क्रियाकलापको समन्वय गर्ने,
(द) विपद्को समयमा खोज, उद्धार तथा राहत र पुनर्लाभ सम्बन्धी कार्यको लागि स्थानीय तह लगायत सम्बन्धित निकायहरुसँग समन्वय गर्ने,
(ध) विपद् पश्चात आउन सक्ने सहायक प्रकोपहरुको न्यूनीकरणका लागि आवश्यक कार्यहरू गर्ने,
(न) विपद् प्रभावित क्षेत्रमा सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने अवस्था रहेमा नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(प) विपद् सम्बन्धी सूचना प्रवाह गर्ने,
(फ) उद्धार तथा राहत कार्यक्रमको प्रगति विवरण प्राधिकरणमा पठाउने,
(ब) विपद् व्यवस्थापन सम्बन्धमा तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।
अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विपद् व्यवस्थापन सम्बन्धी क्रियाकलापहरुको सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिबीच समन्वयात्मक रुपमा काम गर्ने,
(ख) विपद् जोखिम न्यूनीकरणको लागि विपद् पूर्वतयारी कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने गराउने,
(ग) कम्तीमा पचास जना उद्धारकर्मीलाई उद्धार कार्यमा प्रयोग गर्न आवश्यक पर्ने खोज तथा उद्धार सामग्री भण्डारणको व्यवस्था मिलाउने,
(घ) विपद्को समयमा सूचना प्रवाहको लागि सञ्चार संयन्त्रको परिचालन तथा व्यवस्थापन गर्ने,
(ङ) विपद्को समयमा नागरिकलाई अनावश्यक भय र त्रास फैलन सक्ने किसिमका सूचना प्रवाह गर्न रोक लगाउने,
(च) विपद् व्यवस्थापन क्षेत्रका क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सञ्चालित कार्यक्रमको नियमित रुपमा समन्वय र अनुगमन गर्ने, गराउने ।
विपद् सम्बन्धी ऐन नियमावलीहरु
| Date | Diaster Coordination and Planning Detail | Files | Action |
|---|---|---|---|
| 2083-04-11 |
विपद् QRT/IRT परिचालन योजना २०८२2 months ago |
||
| 2083-04-11 |
राजमार्ग (सडक) अवरोध हटाउने कार्ययोजना र रोष्टर २०८२2 months ago |
||
| 2083-03-25 |
मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३2 months ago |
||
| 2079-02-26 |
मनसुन प्रतिकार्य योजना २०७९2079-02-26 |
||
| 2078-03-11 |
मनसुन प्रतिकार्य योजना २०७८2078-03-11 |
||
| 2078-03-11 |
जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७८ ।2078-03-11 |
||
| 2077-03-26 |
मिति २०७७ असार २६ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय ।2077-03-26 |
||
| 2077-03-05 |
आपतकालिन मनसुन प्रतिकार्य योजना २०७७2077-03-05 |
||
| 2077-03-04 |
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७७ (DPRP 2077)2077-03-04 |
2076-05-18
