Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kaski

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kaski

Tuesday, Ashadh 02, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

कर्मचारीले अवलम्वन गर्नुपर्ने आचरण तथा अनुशासन 2075-11-01

जिल्ला प्रशासन कार्यालय कास्कीमा कार्यरत कर्मचारीहरुले जनतालाई सेवा

प्रवाह गर्दा निम्नानुसारका आचरण तथा नैतिक दायित्वहरु अवलम्बन गर्नुपर्छ ।

 

निजामती कर्मचारीले अवलम्बन गर्नुपर्ने आचरण र अनुशासन

१. समय पालना र नियमितताः

१.१ कर्मचारीले नेपाल सरकारबाट निर्धारित समयमा नियमित रुपले कार्यालयमा हाजिर हुनुपर्दछ र सकेसम्म पहिले विदाको स्वीकृति नलिई कामबाट अनुपस्थित हुनु हुदैन ।

२. अनुशासन र आज्ञापालन ः

२.१  कर्मचारीले अनुशासन रही आफ्नो जिम्मेवारी इमान्दारी र तत्परताको साथ पालन गर्नुपर्दछ ।

२.२ कर्मचारीले सरकारी कामसम्बन्धी कुरामा आफूभन्दा माथिको अधिकृतले दिएको आज्ञालाई शीघ्रताका साथ पुरा गर्नुपर्दछ ।

२.३ कर्मचारीले आफूभन्दा माथिका सवै कर्मचारीहरुप्रति उचित आदर देखाउनु पर्नेछ । आफू भन्दा मुनिका कर्मचारी प्रति उचित व्यवहार गर्नु पर्नेछ ।

३. सरकारको आलोचना गर्नु नहुने ।

४. सूचनाको हक सम्वन्धी कानुन वमोजिम वाहेक सरकारी कामकाजसम्वन्धी समाचार प्रकाश गर्न नपाइने

५. कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने ।

६. पोशाक र परिचयपत्र लगाउनु पर्ने : प्रत्येक  कर्मचारी कार्यालयमा उपस्थित हुँदा नेपाल सरकारले तोके  वमोजिमको पोशाक र परिचयपत्र लगाउनुपर्नेछ ।

७. सेवाग्राहीहरुप्रति उचित र समान किसिमको व्यवहार गर्नेः कर्मचारीले जात, जाति, धर्म, भाषा, लिङ्ग, उमेर राजनीतिक वा सामाजिक हैसियत, भौगोलिकता, राजनीतिक दृष्टिकोण, पहुँच वा सम्बन्ध, शारीरिक अवस्था, वैवाहिक स्थिति वा अन्य कुनैै पनि आधारमा भेदभाव नगरी सवैलाई सम्मानका साथ उचित र समान व्यवहार गर्नुपर्नेछ ।

८. कार्यालय समयमा कार्यालयसँग सम्वन्धित काममात्र गर्नुपर्ने : कर्मचारीले कार्यालय समयमा कार्यालयको कामको लागि निर्धारित स्थानमा रहेर कार्यालयको काम मात्र गर्नुपर्नेछ र कार्यालय समयमा कार्यालयको कामसँग असम्बन्धित व्यक्तिगत वा अन्य कुनै क्रियाकलापमा संलग्न हुनुहुँदैन ।

९. कार्यालयका सामान तथा सुविधाको दुरुपयोग गर्न नहुने :

९.१  कर्मचारीले कार्यालयको प्रयोजनको लागि रहेका मेसिनरी यन्त्र वा अन्य साधन तथा सुविधाहरुको व्यक्तिगत प्रयोजन वा फाइदाको लागि प्रयोग गर्नुहुँदैन ।साथै सरकारी सम्पत्तिको प्रयोग वा उपयोग घरायसी प्रयोजनको लागि गर्नु हुदैन ।

९.२ कर्मचारीले कार्यालयको प्रयोजनका लागि रहेका मेसिनरी यन्त्र वा अन्य साधन तथा सुविधाहरु अधिकार प्राप्त अधिकारीको लिखित आदेशविना कार्यालयबाट अन्यत्र लैजान तथा अन्य व्यक्तिलाई प्रयोग गर्न दिन हुँदैन ।

९.३ कर्मचारीले पदीय हैसियतमा प्राप्त गरेको हक,अधिकार सुविधा वा सहुलियतको दुरुपयोग गर्नुहुँदैन ।

९.४ कार्यालय समयमा व्यक्तिगत एकाउण्टका फेसबुक, ट्विटरजता सामाजिक संजालको प्रयोग गर्नु हुदैन । तर, कार्यालयगत एकाउण्टको प्रयोग तोकिएको कर्मचारीले गर्न सक्नेछ ।

९.५ कार्यालय समयमा कम्प्युटरमा खेल खेल्ने, गीत बजाउने अनधिकृत वेभ साइटहरु प्रयोग गर्नु   हुँदैन ।

९.६ कर्मचारीले आफ्नो कार्यकक्षबाट बाहिर जाँदा कार्यकक्षमा प्रयोग भईरहेको कम्प्युटर, बत्ती, हिटर, ए.सी., पंखा बन्द गरेर मात्र जानु पर्दछ । 

१०. सेवा प्रवाह र सेवाग्राही प्रतिको व्यवहार :

१०.१  कर्मचारीले आफ्नो कामसँग सम्बन्धित सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नुपर्नेछ ।

१०.२ सेवाग्राहीको कामसँग सम्बन्धित विषय, प्रक्रिया र काम सम्पादन गर्न लाग्ने समय समेतको स्पष्ट जानकारी सेवाग्राहीलाई यथा समयमा गराउनुपर्नेछ ।

१०.३  कर्मचारीले आफूलाई सुम्पिएको जिम्मेवारीलाई मर्यादा पूर्वक वहन गरी निश्पक्ष, स्वच्छ तथा छिटो छरितो रुपमा कार्य सम्पादन गर्नु पर्दछ ।

१०.४ कर्मचारीले सेवा प्रदान गर्दा वृद्ध, अशक्त, अपाङ्ग, सुत्केरी वा गर्भवती महिला, वालबालिका र असहायलाई प्राथमिकता दिनुपर्नेछ ।

१०.५ कर्मचारीले सेवाग्राहीको काम समयमै सम्पन्न गरि दिनुपर्नेछ । कुनै कारणबाट समयमै काम सम्पन्न हुन नसक्ने भएमा वा सेवाग्राहीले चाहेको कार्य सम्पादन गर्न नसकिने वा नमिल्ने भएमा त्यसको आधार र कारण जानकारी यथाशीघ्र सम्बन्धित सेवाग्राहीलाई दिनुपर्नेछ ।

१०.६ कर्मचारीले सरकारी वा सार्वजनिक सेवामा सर्वसाधारणको सहज र प्रत्यक्ष पहुँच पुग्ने गरी सकेसम्म सरल र सहज भाषामा जानकारी तथा सल्लाह दिनुपर्नेछ ।

१०.७  कुनै सेवाग्राहीको कार्य सम्पादनको क्रममा नेपाल सरकारको कुनै निकायमा रहेको कुनै जानकारी वा विवरण आवश्यक पर्ने भएमा त्यस्तो जानकारी विवरण त्यस्तो कार्य सम्पन्न गर्ने कर्मचारीले आफ्नो कार्यालय मार्फत मगाउने व्यवस्था गर्नुपर्नेछ ।

१०.८  कर्मचारीले आफ्नो कार्यालयबाट गरिने सेवा प्रवाहको सम्बन्धमा नागरिकहरुको वैधानिक गुनासो प्रति सधै संवेदनशील रहनुपर्नेछ र त्यस्ता गुनासाहरु सकेसम्म कम आउने गरी आफ्नो कार्यशैलीमा सुधार गर्दै जानुपर्नेछ ।

११. आर्थिक अनुशासन र सदाचारिता :

११.१  कर्मचारीले आफ्नो काम कारवाही आर्थिकरुपमा मितव्ययी तथा किफायतपूर्वक गर्नु पर्नेछ ।

११.२ कर्मचारीले आर्थिक अनुशासन कायम राख्दै आफ्नो छविलाई स्वच्छ बनाउन हरदम प्रयत्नशील रहनु पर्दछ ।

११.३ कर्मचारीले आफू वा आफ्नो परिवारका सदस्यबाट समेत सरकारी कोष वा सरकारी वा सार्वजनिक सम्पत्तिको हिनामिना, वेवास्ता र दुरुपयोग गर्न गराउन हुँदैन ।

११.४ कामसँग सम्बन्धित व्यक्तिसँग कुनै नगद जिन्सी आदि उपहार ग्रहण गर्न हुँदैन । दान, उपहार, सापटी, चन्दा आदि प्राप्त गर्नु हुदैन ।

११.५ सरकारी सवारी साधन प्रयोग गर्ने कर्मचारीले सरकारी सवारी साधनको दुरुपयोग गर्नु हुँदैन ।

१२. व्यक्तिगत आचारण :

१२.१ कर्मचारीले जुवा खेल्ने, तास खेल्ने तथा सार्वजनिक रुपमा जाँडरक्सी सेवन गर्ने वा अन्य यस्तै समाजमा निन्दनीय हुने कार्य गर्न वा त्यस्तो व्यवहार प्रदर्शन गर्न हुदैन ।

१२.२ कर्मचारीले नेपाल सरकार र सेवाप्रति जनविश्वास अभिवृद्धि गर्न सदैव प्रयत्नशील रहनुपर्नेछ

१२.३ कर्मचारीले आफ्नो पद तथा सेवालाई मर्यादित बनाउन सदैव सकारात्मक रहनुपर्ने तथा अरुको लागि अनुकरणीय हुने गरी सबैलाई शिष्ट तथा मर्यादित व्यवहार गर्नुपर्नेछ ।

१२.४ मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै सुरक्षा सुदृढीकरण गरी कानूनको पूर्ण पालनाद्धारा प्रत्याभूति दिलाउन प्रयासरत रहनु पर्दछ ।

१२.५ जनतामा सरकारप्रतिको विश्वास अभिवृद्धि गरी सुरक्षा निकाय र स्थानीय जनताहरुबीच सुसम्बन्ध कायम गर्नु पर्दछ ।

१२.६ विभागीय पूर्व स्वीकृति विना शान्ति सुरक्षाका विषयमा वाहेक कुनै ल्न्इरक्ष्ल्न्इ को निमन्त्रणमा गोष्ठी, सेमिनार र कार्यक्रममा सहभागी नहुने ।

१३. कार्यालय समय भित्र हुने जिल्ला विपद् व्यवस्थापन समितिको वैठक बाहेक अन्य सबै वैठक एक घण्टाभित्र सम्पन्न गर्ने/गराउने ।

१४. विविधः  निजामती सेवा ऐन, २०४९ र नियमावली २०५०, सुशासन व्यवस्थापन संचालन ऐन, २०६४, नियमावली २०६५, र निजामती  कर्मचारीको आचारण सम्बन्धी नियमावली २०६५ र अनय प्रचलित कानुन वमोजमका आचरण सम्बन्धी व्यवस्थालाई समेत पालना गर्नु पर्नेछ ।

 

सेवाग्राही/नागरिकले ध्यान पुर्याउनु पर्ने विषयहरु

  • सेवा वितरणको प्रक्रिया र मापदण्डलाई अबलम्बन गर्नु पर्दछ,
  • सेवा प्रदायकलाई नम्र, शिष्ट व्यवहार र शालिन व्यवहार प्रदर्शन गर्ने,
  • सार्वजनिक सेवाको लागि विचौलिया लिई कार्यालय आउनु हुदैन । कार्यालयको काम सम्बन्धी प्रकृया र आवश्यक कागजातका सम्बन्धमा नागरिक वडापत्र र सहायता कक्षबाट जानकारी लिनुपर्छ ।
  • कार्यालयले तोकेको सेवा प्रवाहको समय तालिकाको पालना गर्ने,
  • कर्मचारीलाई अनावश्यक स्वार्थ,दवाव, प्रलोभनमा पार्नु हुँदैन,
  • कार्यालय परिसरमा रहेका सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याउने काम गर्नु हुदैन
  • शौचालयको प्रयोग गरि सकेपछि पानीको प्रयोग गर्ने,जथाभावी नथुक्ने, अनावश्यक कागजात, वोतल लगायतका फोहोरलाई डस्टविनमा राख्ने गर्नुपर्छ ।


Last Updated : 2083-02-20 16:29:04

© All Rights Reserved to District Administration Office, Kaski .