Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kaski

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kaski

Thursday, Bhadra 25, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Citizen Charter

Charter Category
SN Service Detail Documents Procedures
1

वंशज नेपाली नागरिकता प्रमाणपत्र

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन ।

Charge (English)

रु‌. १० को हुलाक टिकट 

Responsible Officer/Section chitrangat baral - Citizenship Section (Room no. - 101)
Complain Officer Chitrangat Baral
क) बंशज नेपाली नागरिकता प्रमाणपत्रको लागि:-

१) फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनुसूची–१ फाराम ।
२) वावु र बंशज खुल्ने आमा, दाजु, भाई मध्ये कसैको नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति ।
३) हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने २.५ से.मी. र ३ से.मी. साइजकोे फोटो २ प्रति ।
४) जन्म मिति खुल्ने शैक्षिक प्रमाणपत्र र जन्म दर्ता ।
५) नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति सहित सनाखत गर्ने व्यक्तिको उपस्थिति ।
६) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वंंशज खुल्ने अभिभावकको नागरिकता ।
७) वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा साथै अन्य जिल्लाबाट वसाई सराई गरी आएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयको अभिलेख सम्वन्धी विवरण ।
८) कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचय पत्रको छायाप्रति समेत ।
९) विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र ।
१०) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको सर्जमिन मुचुल्का ।
2

बैवाहिक अंगिकृत नागरिकता प्रमाणपत्र

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन ।

Charge (English)

रु‌. १० को हुलाक टिकट ।

Responsible Officer/Section chitrangat baral - Citizenship Section (Room no. - 101)
Complain Officer Chitrangat Baral
बैवाहिक अंगिकृत नागरिकता प्रमाणपत्रको लागि

१) फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनुसूची–७ फाराम
२) विवाह दर्ता प्रमाण र सपथ पत्र ।
३) सम्वन्धित देशको पहिचान खुल्ने निस्सा र नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ।
४) सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र ।
५) हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने २.५ से.मी. ह ३ से.मी. साइजकोे फोटो २ प्रति ।
६) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको मुचुल्का ।
3

प्रतिलिपी नागरिकता प्रमाणपत्र

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन ।

Charge (English)

रु‌.२० को हुलाक टिकट

Responsible Officer/Section chitrangat baral - Citizenship Section (Room no. - 101)
Complain Officer Chitrangat Baral
प्रतिलिपी नागरिकता प्रमाणपत्रको लागि

१) फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनुसूची–२ फाराम (ना.प्र.प.नं. र जारी मिति खुलाउने)
२) सनाखत गर्नु पर्ने अवस्थामा सनाखत गर्ने व्यक्ति र निजको नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति ।
३) पतिको नाम राखी प्रतिलिपी लिनु पर्दा सक्कल ना.प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको ना.प्र.प. को छायाप्रति र सनाखत, अन्य जिल्लावाट विवाह गरी आएको हकमा उक्त जिल्लावाट नागरिकता लिए नलिएको अभिलेख, वसाई सरी आएकोमा वसाई सराईको प्रमाणपत्र र साविक जिल्लाको अभिलेख ।
४) यस कार्यालयबाट २०४७/१/१७ भन्दा अगाडि लिएको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी सम्वन्धमा कार्यालय भवन जली अभिलेख नष्ट भएको हुँदा नयाँ नागरिकता लिदाकै प्रक्रिया अनुसार हुने ।
५) संशोधन सहित प्रतिलिपी जारी गर्नु पर्दा संशोधनका लागि आवश्यक प्रमाणहरु संलग्न हुनु पर्ने ।
६) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको मुचुल्का ।
4

राहदानी फाराम संकलन

Duration (English)

सामान्यतया ३० दिन 

Charge (English)

राजश्व

  • साधारणको लागि  रु‌.५०००  
  • हराएको हकमा रु.१००००
  • नाबालकको हकमा रु. २५००

नाेट: राहदानीकाे फाराम भर्दा सम्बन्धितको त्रुटि र अन्य कारणले विवरण सच्याउदा रु ५०००।- र राहदानी विभागबाट भएकाे त्रुटिमा शुल्क नलाग्ने (१ वर्ष भित्र)

Responsible Officer/Section chitrangat baral - Passport Section (Room no. - 401 र 403)
Complain Officer Chitrangat Baral
साधारण र द्रुत फाराम संकलनका लागि

१) फोटो टाँसी आवेदकले सही गरेको राहदानी आवेदन फाराम (तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) २ प्रति ।
२) नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति–१ प्रति र फोटो (फोटो तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) २ प्रति ।
३) नावालकको हकमा नाबालक परिचय पत्रको छाँयाप्रति–१
४) विवाहित महिलाको हकमा नागरिकता प्रमाणपत्रमा पतिको नाम उल्लेख नभएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता प्रमाणपत्रको छायाप्रति ।
५) अन्य जिल्लाबाट नागरिकता लिई बसाई सराई गरी आएकाको हकमा बसाई सराई प्रमाणपत्र, सम्बन्धित जिल्ला प्रशासन कार्यालय/इलाका प्रशासन कार्यालयको अभिलेख खुलेको पत्र र जग्गाधनि पुर्जा ।
६) नेपाली नागरिकता प्रमाणपत्रको फोटो स्पष्ट नभएमा सो को प्रतिलिपी नागरिकता लिई पेश गर्न पर्ने ।
७) अन्य जिल्लावाट जारी भएका नागरिकताका हकमा सम्वन्धित जिल्लावाटै आवेदन गर्नु पर्ने ।
८) दु्रत सेवा मार्फत राहदानी विभागबाट सेवा लिने हकमा नागरिकताको अभिलेख भिडाई सिफारिस गरिने ।

MRP मा बिवरण संशोधन

१. विवरण संशोधन गर्नु पर्ने स्पष्ट कारण खोली संशोधन पुष्टी हुने कागजात पेश गरेपछि नयां MRP को लागि सिफारिश हुने ।
5

राहदानी बितरण

Duration (English)

फाराम पेश गरेको साधारणतया ३० दिनपछि ।

Charge (English)

नलाग्ने 

Responsible Officer/Section chitrangat baral - Passport Section (Room no. - 401 र 403)
Complain Officer Chitrangat Baral
राहदानी वितरण 

१. सक्कल नागरिकता र नगदी रसिद लिई सम्वन्धित निवेदक स्वयम् उपस्थित हुनु पर्ने ।

नगदी रसिद र सक्कल नागरिकता लिई कोठा नं १०२ मा स्वयम् उपस्थित भई आफ्नो राहदानी लिन सकिनेछ ।

6

गुनासो वा ठाडो उजुरी

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन ।

Charge (English)

प्रत्येक निवेदनमा रु‌. १० को हुलाक टिकट

Responsible Officer/Section Chitrangat Baral - Administration Section (Room no. - 203)
Complain Officer Chitrangat Baral
गुनासो वा ठाडो उजुरीको लागि 

१) सम्पूर्ण विवरण खुलेको निवेदन र निवेदकको नागरिकता प्रमाणपत्रको छाँयाप्रति ।
२) निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजातहरु ।
(उजुरीको प्रकृति हेरी जि.प्रहरी.का.वा सम्बन्धित कार्यालयमा पठाउने, आवश्यकता अनुसार कार्यालयमा दुवै पक्ष झिकाई छलफल गराइने र आवश्यक निर्देशन दिने, थप वुझ्नु पर्ने भएमा पक्ष विपक्षलाई तारेखमा राखेर छलफल गराइने, आवश्यक निर्देशन दिने वा कारवाही गर्ने) ।
7

नामथर उमेर आदि फरक परेको प्रमाणितको लागि

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन ।

Charge (English)

प्रत्येक निवेदनमा रु‌. १० को हुलाक टिकट

 

Responsible Officer/Section Chitrangat Baral - Administration Section (Room no. - 203)
Complain Officer Chitrangat Baral
नामथर उमेर आदि फरक परेको प्रमाणितको लागि

१) सम्वन्धित व्यक्तिको निवेदन, नागरिकता प्रमाणपत्र र अन्य सम्बन्धित कागजातको प्रतिलिपी
२) सम्वन्धित व्यक्तिको पेन्सन पटृाको प्रतिलिपी (पेन्सनवालाको हकमा) 
३) सम्वन्धित महानगरपालिका/गाउँपालिकाको सिफारिश र नाता प्रमाणितको प्रतिलिपी 
४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी आदि 
५) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको मुचुल्का ।
8

नाबालाकको उमेर प्रमाणितको लागि

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन ।

Charge (English)

प्रत्येक निवेदनमा रु १० /- को हुलाक टिकट ।

Responsible Officer/Section Chitrangat Baral - Administration Section (Room no. - 203)
Complain Officer Chitrangat Baral
नाबालाकको उमेर प्रमाणितको लागि

१) संरक्षक व्यक्तीको निवेदन ।
२) बाबु र आमाको नागरिकताको प्रमाणपत्र र नाता प्रमाणितको छायाप्रति 
३) महानगरपालिका/गाउँपालिकाको सिफारिश (जन्ममिति खुलाई फोटो समेत प्रमाणित गरीएको) ।
४) जन्म मिति खुल्ने जन्म दर्ता प्रमाण पत्र र विवरण खुल्ने विद्यालयको प्रमाणपत्र ।
५) वसाई सराई गरी आएकाको हकमा बसाई सराई प्रमाणपत्र, जग्गा धनि प्रमाण पत्र आदि ।
६) संरक्षक वा बाबु तथा आमाको ना.प्र.प. अन्य जिल्लाको भएमा सम्वन्धित जिल्ला प्रशासन कार्यालयबाट आधिकारिकता प्रमाणित ।
६) विदेशमा जन्म भएकालाई सो को प्रमाण, अस्पतालमा जन्म भएको भए सो को प्रमाण र सम्बन्धित क्याम्पको पत्र (शरणार्थीको लागि) ।
७) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको मुचुल्का ।
9

पारिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्बन्धी सिफारिस

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन 

Charge (English)

रु १०/- को हुलाक टिकट 

Responsible Officer/Section Chitrangat Baral - Administration Section (Room no. - 203)
Complain Officer Chitrangat Baral
पारिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्बन्धी सिफारिस

१) सम्वन्धित व्यक्तीको निवेदन ।
२) नागरिकता प्रमाणपत्र र पेन्सन पटृाको प्रतिलिपी ।
३) महानगरपालिका/गाउँपालिकाको सिफारिश र नाता प्रमाणितको प्रतिलिपी ।
४) आवश्यकतानुसार वसाई सराई, जग्गाधनि पूर्जा, विवाहदर्ता, जन्मदर्ता, मृत्यु दर्ता आदि ।
५) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको मुचुल्का ।
10

अन्य ब्यहोरा प्रमाणितको लागि

Duration (English)

प्रमाण पुर्‍याई पेश भएकोमा पेश भएकै दिन ।

Charge (English)

रु १०/- को हुलाक टिकट 

Responsible Officer/Section Chitrangat Baral - Administration Section (Room no. - 203)
Complain Officer Chitrangat Baral
अन्य ब्यहोरा प्रमाणितको लागि 

१) व्यहोरा खुलेको निवेदन र सम्वन्धित प्रमाणको कागजात ।
२) महानगरपालिका/गाउँपालिकाको सिफारिस ।
३) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का ।
11

संस्था सम्बन्धी

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन 

Charge (English)
  • संस्था दर्ताको लागि रु १०००/- दस्तुर 
  • संस्था नबिकरण गर्दा रु‌ ५०० दस्तुर (विलम्व शुल्क नियमानुसार)।
Responsible Officer/Section Chitrangat Baral - Administration Section (Room no. - 203)
Complain Officer Chitrangat Baral

सस्था दर्ताको लागि 


१.  तोकिएको ढांचाको निवेदन र स्थानीय तहको सिफारिश पत्र ।

२.  विधान ५ प्रति, प्रत्येक पानामा प्रवन्ध समितिको पदाधिकारीहरुको दस्तखत ।

३.  प्रवन्ध/कार्य समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी ।

४.  प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) ।

५. उपभोक्ता भेलाको उपस्थिति र तदर्थ समिति गठनको निर्णय ।


सस्था नविकरणको लागि 


१ रित पूर्वकको निवेदन र संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
२. कार्य समितिको निर्णय प्रतिलिपी र पदाधिकारीहरुको नामावली ।
३. लेखा परीक्षण प्रतिवेदन र ईजाजतपत्रको प्रतिलिपी ।
४. स्थानीय तहको सिफारिश पत्र र कर चुक्ता प्रमाण ।
५. गत आ.व. को वार्षिक प्रगति प्रतिवेदन ।
६. आवश्यकता अनुसार स्थानीय तह र प्रहरी समेतको मुचुल्का ।


सस्थाको विधान संशोधनको लागि 


१. रित पूर्वक बसेको साधारण सभाको निर्णयको प्रतिलिपी ।
२. तीन महले संशोधित विधान सम्वन्धि विवरण (भैरहेको ब्यवस्था/संशोधन/कारण) ५ प्रति ।
३. स्वीकृत विधानको प्रतिलिपी ।
४. समाज कल्याण परिषदको आवद्धताको छायाँप्रति ।


जिल्लामा शाखा खोल्ने  स्वीकृतिको लागि 


१. संस्थाको कार्य समितिको निर्णय तथा अख्तियारी पत्र ।
२. स्वीकृत विधानको छाँयाप्रति र संस्था दर्ता प्रमाणपत्रको छाँयाप्रति एवं नविकरण सम्वन्धी विवरण ।
३. स्थानीय तहको सिफारिस ।
४. संस्था दर्ता भएको जिल्ला प्रशासन कार्यालयको सिफारिस ।
५. समाज कल्याण परिषदको आवद्धताको छायाँप्रति ।
६. निवेदन र निवेदकहरुको नागरिकता प्रमाणपत्रको छाँयाप्रति ।
12

पत्रपत्रिका र छापाखाना दर्ता

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन 

Charge (English)

पत्रपत्रिका 

  • दैनिक रु‌.१००० 
  • अर्धसाप्ताहिक रु. ७००
  • साप्ताहिक रु. ५००
  • पाक्षिक रु ३००
  • मासिक रु.२००

​छापाखाना दर्ताको लागि रु‌.१००० दस्तुर 

Responsible Officer/Section Chitrangat Baral - Administration Section (Room no. - 203)
Complain Officer Chitrangat Baral
पत्रपत्रिका :

१. अनुसूची–४ अनुसारको दरखास्त ।
२. प्रकाशकको नागरिकताको छाँयाप्रति र ४ प्रति फोटो ।
३ सम्पादकको नियुक्ति पत्र र सम्पादकको मन्जुरीनामा ।
४ सम्पादकको शैक्षिक योग्यता तथा नागरिकताको छाँयाप्रति ।
५ छापाखानाको स्वीकृति पत्र र छापाखानाको मन्जुरीनामा ।
६. प्रकाशक संस्था भए संस्थाको दर्ता प्रमाण पत्र, स्वीकृत विधान, संस्थाको निर्णय, संचालकहरुको ना.प्र.पत्र छाँयाप्रति र लेखा परीक्षण प्रतिवेदन ।
७. कर तिरेको प्रमाण ।
८. प्रकाशकको प्रहरी प्रतिवेदन ।

छापाखाना :

१.अनुसूची–१ अनुसारको दरखास्त ।
२ छापाखाना संचालककोे नागरिकता र फोटो ।
३ छापाखाना राख्ने ठाउंकोे घर जग्गाको प्रमाणहरु र लोकेशन नक्सा ।
४.छापाखानाका उपकरणहरु खरीद गरेकोे भए सो को प्रमाण ।
५. कुनै संस्था भए संस्थाको विधान र संस्थाको निर्णय प्रतिलिपी ।
६. कर तिरेको प्रमाण ।
13

शरणार्थी परिचयपत्र नबिकरण र प्रतिलिपी

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन 

Charge (English)

नियमानुसार

Responsible Officer/Section Chitrangat Baral - Administration Section (Room no. - 203)
Complain Officer Chitrangat Baral
शरणार्थी परिचयपत्र नबिकरण र प्रतिलिपीको लागि

१.निवेदन ।
२.सम्बन्धित क्याम्पको सिफारिस ।
३.शरणार्थी परिचय पत्र ।

शरणार्थीको लागि यात्रा अनुमति पत्रको सिफारिस गर्नको लागि

१. निवेदन ।
२ सम्बन्धित क्याम्पको सिफारिस ।
३ आमन्त्रण गर्ने व्यक्तिको यथार्थ विवरणहरु (आमन्त्रण पत्र, आमन्त्रणकर्ताको वैंक ब्यालेन्स, राहदानीको छाँयाप्रति आदि) ।
४. शरणार्थी परिचय पत्रको छायाप्रति ।
५. आवश्यकता अनुसार प्रहरी प्रतिवेदन/मुचुल्का ।
६. शरणार्थी परिचयपत्र नभएकाको हकमा जन्मदर्ताको निस्सा ।
14

हातहतियार नामसारी र नबिकरण

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन 

Charge (English)

नियमानुसार 

Responsible Officer/Section a - मुद्दा तथा हातहतियार शाखा (Room no. - ११०)
Complain Officer Chitrangat Baral
नामसारी 

१. निवेदन (नमूना बमोजिमको)
२. अनुसूची १३ र १४ बमोजिमको फाराम ।
३. लिने दिने दुवैको नागरिकता प्रमाणपत्रको छाँयाप्रति ।
४. स्वास्थ्य प्रतिवेदन र प्रहरी प्रतिवेदन ।
५. मरुवा नामसारीको हकमा मृत्य दर्ता, हकदारको इच्छापत्र, नाता प्रमाणित ।

नविकरण

१. निवेदन (नमूना बमोजिमको)
२ हातहतियार इजाजत पत्र र नागरिकता प्रमाणपत्रको छाँयाप्रति ।
३. सम्बन्धित स्वयम उपस्थित नभएमा सम्बन्धितको इच्छापत्र, नाता खुल्ने सरकारी कागजात ।
15

शान्ति सुरक्षा सम्बन्धी

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन 

Charge (English)

रु. १०/- को हुलाक टिकट 

Responsible Officer/Section Chitrangat Baral - Administration Section (Room no. - 203)
Complain Officer Chitrangat Baral
शान्ती सुरक्षा माग गर्नको लागि

१. यथार्थ विवरण सहितको निवेदन ।
२. निवेदकको नागरिकता प्रमाणपत्र ।
16

मुद्दा सम्बन्धी

Duration (English)

मुद्दाको अवस्था अनुसार

Charge (English)

 निवेदनमा रु. १०।– को टिकट

Responsible Officer/Section a - मुद्दा तथा हातहतियार शाखा (Room no. - ११०)
Complain Officer Chitrangat Baral
क. चारित्रिक प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रको नाम, जन्ममिति  र थर सच्याउने

१) एस.ई.ई परीक्षा उत्तीर्ण भई प्रमाणपत्र पाएको मितिले ६ महिना भित्र निवेदन दिनुपर्ने ।
२) सम्वन्धित महानगरपालिका/गाउँपालिकाको सिफारिश
३) शिक्षा कार्यालयको सिफारिस र फोटो २ प्रति
५) नागरिकता प्रमाणपत्रको छाँयाप्रति ।
५) जन्म दर्ताको प्रमाणपत्रकाे छाँयाप्रति ।

ख. हातहतियार खरखजना

जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला न्यायाधिवक्ताद्वारा अभियोग सहित मुद्दा दायर हुने ।

 ग. दुषित खाद्य

खाद्य निरिक्षक मार्फत जिल्ला न्यायाधिवक्ताको राय लिई अभियोग सहित मुद्दा दायर हुने ।

घ. कालो बजारी

जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता भई जिल्ला न्यायधिवक्ताद्वारा अभियोग सहित मुद्धा दायर हुने

ङ सार्वजनिक अपराध

जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला न्यायाधिवक्ताद्धारा अभियोग सहित मुद्दा दायर हुने ।
17

लेखा सम्बन्धी

Duration (English)

प्रमाण पुगेकोमा पेश भएकै दिन 

Charge (English)

निवेदनमा रु‌.१० को टिकट

Responsible Officer/Section Account Section (Room no. - ३०४)
Complain Officer Chitrangat Baral
क. क्षतिपुर्ति रकम वितरण   (परराष्ट्र मन्त्रालय मार्फत विदेशवाट प्राप्त हुने रकम  मृतकका हकदारलाई)

१) हकदारको निवेदन
२) मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति
३) मृतकको राहदानीको छांयाप्रति वा मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति
४) हकदार र मृतक संगको नाता प्रमाणितको कागज
५) सम्वन्धित महानगरपालिका/गाउँपालिकाको सिफारिश

ख. दैवी प्रकोष सहायता बितरण

१) विवरण खुलेको सम्वन्धित पिडीत व्यक्तिको निवेदन
२) सम्बन्धित स्थानीय तहको सिफारिश
३) प्रहरी कार्यालयवाट भएको मुचुल्का पत्र
४) पहिचान खुल्ने प्रमाण पत्रको छाँयाप्रति

 ग. राजस्व लिने (हात हतियार नविकरण, नामसारी, संस्था दर्ता, नविकरण, लाइसेन्स, जरिवाना, शरणार्थी परिचयपत्र आदि)

राजश्व एकिन गर्ने प्रमाण पत्र, लाइसेन्स, फाराम, कर चुक्ता गरेको प्रमाण परिचयपत्र पेश गर्नुपर्ने ।
Last Updated : 2083-05-18 07:09:37

© All Rights Reserved to District Administration Office, Kaski