2077-02-15
2077-02-15
कोभिड-१९ रोकथाम नियन्त्रण तथा व्यवस्थापनमा आवश्यक जनशक्ति परिचालन तथा एम्बुलेन्स सेवा सञ्चालन एवं व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७६
-----------------------------------------------------------------------------------------------------------------------------------------------------------
१. एम्बुलेन्स २४ सै घण्टा सेवा दिन सक्ने अवस्थामा राख्ने र बिग्रिएको भए तुरुन्त मर्मत गरी संचालनमा ल्याउने ।
२. एम्बुलेन्सहरुलाई सुरक्षात्मक दृष्टिकोणले बिरामी र चालक बीचको दुरी कायम राख्न पार्टेशन गर्न आवश्यक देखिएकाले बिरामी राख्ने र चालक बस्ने ठाउँको बिचमा सुरक्षित पार्टेशनको व्यवस्था गर्ने । पार्टेशन गर्ने सम्बन्धी नक्सा र आवश्यक सामग्रीहरुको सुची समेत यसैपत्रसाथ संलग्न गरी पठाइएको छ ।
३. कोरोना भाइरस संक्रमित बिरामी बाहेकका सामान्य बिरामीहरु ओसारपसार गर्न एम्बुलेन्सका चालक तथा स्वास्थ्यकर्मीका लागि बजारमा उपलब्ध सुरक्षा कवच ((पिपिईको व्यवस्था एम्बुलेसन्स संचालक संस्थाले गरिदिने ।
४. शंकास्पद कोरोना संक्रमित व्यक्तिहरुको कहीँकतैबाट सूचना प्राप्त हुन आएमा गण्डकी प्रदेश स्थित स्वास्थ्य निर्देशनालयको ‘हेलो डाक्टर हटलाइन सेवाको सम्पर्क नं : १०९२’ मा सम्पर्क गर्ने, गर्न लगाउने ।
५. एम्बुलेन्सहरुले मौसमी रुघाखोकी, ज्वरो लगायतका अन्य समस्या भएका बिरामीको बिना आनाकानी ओसापसार गरी सेवा प्रदान गर्नुपर्ने ।
६. एम्बुलेन्सहरुले यात्रु ओसारपसार गर्न नपाइने ।
७. कास्की जिल्लामा कोभिड १९ को सम्भावित र संक्रमित व्यक्ति तोकिएको अस्पतालसम्म पुर्याउन हरेक एम्बुलेन्स चालक सहित स्वास्थ्यकर्मी (पारामेडिक्स वा नर्सिङ) Patient Transfer Team तयारी अवस्थामा रहनुपर्ने हुँदा ती एम्बुलेन्समा खटिने एम्बुलेन्स चालक र स्वास्थ्यकर्मी भएका संस्थाले स्वास्थ्यकर्मीको नाम र सम्पर्क नम्बर समेत अद्यावधिक गरी यथाशिघ्र यस कार्यालयमा जानकारी गराउनुहुन ।
८. एम्बुलेन्स परिचालन सम्बन्धमा माथि उल्लेखित निर्देशन अवज्ञा गर्ने, सेवा दिन आनाकानी एवं इन्कार गर्ने संस्था एवं व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिमको कानूनी कारबाही गरिने छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, कास्की
Powered By: ProActive Developers