Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कास्की

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कास्की

सोमबार, असार २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कोभिड-१९ रोकथाम नियन्त्रण तथा व्यवस्थापनमा आवश्यक जनशक्ति परिचालन तथा एम्बुलेन्स सेवा सञ्चालन एवं व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७६

2077-02-15

2077-02-15


कोभिड-१९ रोकथाम नियन्त्रण तथा व्यवस्थापनमा आवश्यक जनशक्ति परिचालन तथा एम्बुलेन्स सेवा सञ्चालन एवं व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७६

-----------------------------------------------------------------------------------------------------------------------------------------------------------

१. एम्बुलेन्स २४ सै घण्टा सेवा दिन सक्ने अवस्थामा राख्ने र बिग्रिएको भए तुरुन्त मर्मत गरी संचालनमा ल्याउने ।  

२. एम्बुलेन्सहरुलाई सुरक्षात्मक दृष्टिकोणले बिरामी र चालक बीचको दुरी कायम राख्न पार्टेशन गर्न आवश्यक देखिएकाले बिरामी राख्ने र चालक बस्ने ठाउँको बिचमा सुरक्षित पार्टेशनको व्यवस्था गर्ने । पार्टेशन गर्ने सम्बन्धी नक्सा र आवश्यक सामग्रीहरुको सुची समेत यसैपत्रसाथ संलग्न गरी पठाइएको छ ।  

३. कोरोना भाइरस संक्रमित बिरामी बाहेकका सामान्य बिरामीहरु ओसारपसार गर्न एम्बुलेन्सका चालक तथा स्वास्थ्यकर्मीका लागि बजारमा उपलब्ध सुरक्षा कवच ((पिपिईको व्यवस्था एम्बुलेसन्स संचालक संस्थाले  गरिदिने ।

४. शंकास्पद कोरोना संक्रमित व्यक्तिहरुको कहीँकतैबाट सूचना प्राप्त हुन आएमा गण्डकी प्रदेश स्थित स्वास्थ्य निर्देशनालयको ‘हेलो डाक्टर हटलाइन सेवाको सम्पर्क नं : १०९२’ मा सम्पर्क गर्ने, गर्न लगाउने ।

५. एम्बुलेन्सहरुले मौसमी रुघाखोकी, ज्वरो लगायतका अन्य समस्या भएका बिरामीको बिना आनाकानी ओसापसार गरी सेवा प्रदान गर्नुपर्ने ।

६. एम्बुलेन्सहरुले यात्रु ओसारपसार गर्न नपाइने ।

७. कास्की जिल्लामा कोभिड १९ को सम्भावित र संक्रमित व्यक्ति तोकिएको अस्पतालसम्म पुर्याउन हरेक एम्बुलेन्स चालक सहित स्वास्थ्यकर्मी (पारामेडिक्स वा नर्सिङ) Patient Transfer Team तयारी अवस्थामा रहनुपर्ने हुँदा ती एम्बुलेन्समा खटिने एम्बुलेन्स चालक र स्वास्थ्यकर्मी भएका संस्थाले स्वास्थ्यकर्मीको नाम र सम्पर्क नम्बर समेत अद्यावधिक गरी यथाशिघ्र यस कार्यालयमा जानकारी गराउनुहुन

८. एम्बुलेन्स परिचालन सम्बन्धमा माथि उल्लेखित निर्देशन अवज्ञा गर्ने, सेवा दिन आनाकानी एवं इन्कार गर्ने संस्था एवं व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिमको कानूनी कारबाही गरिने छ । 

निर्देशिका/कार्यविधि/आदेश


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-24 17:45:30

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, कास्की